Saturday, 9 August 2014

Chari Shot Dead

This is Now Khusbu Oli describe her Sentence about her lover Chari

काठमाडौं,साउन२४–म एउटी केटी भएर भन्न त नमिल्ने हो ,तर संसारमा कतिपय ठुला घटना केटीकै कारण भएका छन् भनिन्छ । दुर्भाग्यबश मेरो सन्दर्भमा पनि यस्तै भयोजस्तो लाग्दैछ । मलाई मन पराउनेहरुबाटै दिनेश अधिकारीको ज्यान गयो भन्नेमा मलाई कुनै शंका छैन । संसारका चर्चित अपराधीहरु समाजका हिरो बनेका छन् । मैले यस्ता धेरै कुरा पढें अनि सुनें पनि । कतिपय पढेका राम्रा कुरा आत्मसात गर्थे पनि ।तर जीवनमा पढेका र सुनेका कतिपय कुराहरु आज आफैं भौग्दैछु । लामो समयदेखि मिल्ने र छिट्टै जीवनसाथी बन्न लागेका धादिङका चरी उपनामले चिनिएका दिनेश अधिकारीलाई मैले गुमाएँ । दिनेशसँग मेरो चिनजान झन्डै डेढ वर्षअघि भएको थियो ।नयाँबजारस्थित मेरो बालबालिका सेल्टरमा उनी एक सडक बालकलाई लिएर आएका थिए । पहिलोपटक भेट्दा उनी कुनै गुण्डा वा डनजस्तो लागेनन् । त्यही चिनजानपछि हाम्रो भेट बाक्लिँदै गयो । हाम्रो भेट हुनुमा पुरानो साथी अर्पण कोइरालाको पनि हात छ । कोइरालाको हामी दुबैसँग राम्रो सम्बन्ध थियो । पछि आपसी मनमुटाबका कारण हाम्रो सम्बन्ध किनारा लाग्यो । दिनेशको शलिनताबाट म उनीप्रति आकर्षित हुँदै गएँ । त्यो कुरा मैले आफ्नो परिवारमा राखेँ । सुरुमा त परिवार पनि हच्कियो । समाजमा नराम्रो छवि बनाएकासँग सम्बन्ध किन गाँस्ने भन्ने पनि भयो । आमाले ‘भोली यो मान्छे जेल जान सक्छ त्यसबेला तिमी तयार छौं ?’ भन्ने प्रश्न गर्नुभयो । म पहिल्यै तयार थिए किनभने मैले संसारका आपराधि पृष्ठभुमिका धेरै मानिस सुध्रिएर ठुला मानिस भएको र पढेको सुनेकी थिएँ । रत्नाकार डाँकु वाल्मिकी बनेको त हाम्रै धर्मले भन्छ । मैले दिनेशलाई यस्ता कुरा पढ्न भनेर दिएको थिएँ । दिनेशसँग बुबाआमाको भेटपछि उहाँहरुको धारणा पनि बदलियो । किनभने उनी दुनियाँले देखेजस्तो कतै थिएनन् । दुबैपक्ष राजी भएपछि गएको दशैंमा हामी दुईबीच टिकाटालो गर्ने योजना थियो । तर दिनेशको परिवारमा आफन्तको मृत्यु भएपछि त्यो सम्भव भएन । यो दशैंमा हामीहरु टिकाटालो गर्ने तयारीमा थियौं । अब त्यो सबै सकियो । मान्छे नै रहेनन् । मान्छे मन पराउँदा केही देखिन्न । मलाई दिनेश मन पर्यो । मैले उनलाई कतै अपराधि जस्तो देखिँन । उनले युवा उमेरमा गरेका अपराधले मोस्ट वान्टेड बनाएको थियो । धेरैका लागि हाम्रो जोडी अस्वभाविक लाग्थ्यो । तर हामी एउटा उदाहरणीय जोडी बन्न चाहन्थ्यौं । म उनलाई पुरै सुधारेर अर्कै मान्छे बनाउन चाहन्थे ।बास्तबमा म एउटा नयाँ प्रयोग गर्न चाहन्थें । आजको अन्नपुर्ण पोष्टले उनीसँगको कुराकानीमा आधारित एक सामग्री प्रमुखताको साथ छापेको छ ।

यसरी झाँगिएको थियो खुस्वु र ‘चरी’को प्रेम

  • Uploaded by: Unknown
  • Views:
  • Category:
  • Share

    0 comments:

    Post a Comment

     

    Our Team Members

    Copyright © 9GAGNepal.Com | Designed by Templateism.com | WPResearcher.com